शिक्षा ऐन तत्काल पारित गर्न नेता खनालको आग्रह

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमाथि दमन गर्नु सरकारको शिक्षाविरोधी चरित्र भएको अरोप लगाएका छन् ।
काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सोमवार ऐक्यवद्धता जनाउन आन्दोलनस्थल पुगेका पार्टीका अध्यक्ष माधव नेपालसहितका नेताहरूले शिक्षकहरूको आन्दोलनमा आफ्नो पार्टीको ऐक्यवद्धता जनाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले शिक्षक आन्दोलन एक महिना पुग्न लाग्दासमेत शिक्षकको माग बेवास्ता गरेर दमनमा उत्रिएको सरकारको एकीकृत समाजवादीले घनघोर भत्र्र्सना गरेको बताए ।
उनले शिक्षकहरूको माग तत्काल पूरा नगरे अर्को जनआन्दोलनको प्रतिक्षा गर्न सरकारलाई चुनौति दिए । उनले तत्काल शिक्षा ऐन पारित गरेर लागू गर्न सरकारलाई आग्रह गरे । शिक्षकको माग नसुन्नु सरकारको दिशाहिनता र अराजकताको पराकाष्ठा भएको उनको भनाइ छ ।
नेता खनालले शिक्षाको विकास गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने बताए । शिक्षामा लगानी गर्न प्रशस्था बजेट भएको बताए। आफू प्रधानमन्त्री हुँदा शिक्षामा कुल बजेटको १६ प्रतिशत लगानी गरेको भन्दै उहाँले त्यसपछिको कुनैपनि सरकारले त्यति बजेट शिक्षा क्षेत्रका लागि नछुट्याएको दाबी गरे । उनले जनताले तिरेको राजश्वलाई सही ढंगले परिचालन गर्नुपर्ने जोड दिए ।