२५ बैशाख २०८२, बिहिबार

स्याङ्जाको हरिनासमा जिप दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

प्रकाशित मिति :  28 April, 2025 2:58 pm


स्याङ्जा । स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका वडा नम्बर ६ स्थित गैराखोलामा सोमबार राति एक जिप दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रवेश तिवारीका अनुसार वालिङबाट क्याटमी जाँदै गरेको गण्डकी प्रदेश ०१–०५७०३ नम्बरको बलेरो जिप सडकबाट करिब ५०० मिटर तल सिस्ने खोलामा खसेको हो। राति करिब ९ः३० बजे जिप ब्याक गर्ने क्रममा ब्रेक फेल भई जिप अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप पूर्णरूपमा क्षतिग्रस्त भएको भए पनि मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी तिवारीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !