१९ बैशाख २०८२, शुक्रबार

केही महिनाभित्रै राजसंस्था पुनःस्थापना हुने थापाको दाबी

प्रकाशित मिति :  28 April, 2025 5:47 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गरेका छन् ।

सोमवार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गरेका हुन्। उनले वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताए ।

सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि लाग्न आग्रह गरे । उनले राजसंस्था पुनस्र्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने बताए ।

अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रप्रति बढ्दै गएको जनमतप्रति त्रसित भएर गणतन्त्रवादी दल तथा सरकारले राजसंस्थाको बद्नाम गराउन खोजेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !