संघीय व्यवस्थाअनुरूपको विकास निर्माण हुन सकेनः नेतृ कोईराला
प्रकाशित मिति : 28 April, 2025 5:49 pm

काठमाडाैँ ।नेपाली काँग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोईरालाले मुलुकमा संघीय व्यवस्थाअनुरुपको विकास निर्माण हुन नसकेको बताएकी छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीन तहको सरकार भएर पनि विकासले भने गति लिन नसकेको बताएकी हुन्। मुलुकको अर्थतन्त्र बलियो नभएसम्म मुलुक बलियो नहुने जिकिर गर्नुभयो । उहाँले विकास गाउँबाट हुनुपर्ने उल्लेख गरिन् ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली काँग्रेस सांसद नारायणप्रकाश साउदले प्रश्न उठाउने व्यक्तिको सम्मान हुन छाडेको बताए । उनले विपी कोईराला प्रश्न सुन्नसक्ने र त्यसको जवाफ दिनसक्ने नेताको रुपमा पाएको बताए ।
साउदले प्रजातन्त्र प्राप्तिपछि काँग्रेसले गरेको सरकार सञ्चालनका समयमा मुलुकको भविष्यको चिन्तनसहितका कार्यक्रम ल्याउन नसकेको स्वीकार गरे ।