२१ बैशाख २०८२, आइतबार

राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैनः सांसद कोइराला

प्रकाशित मिति :  28 April, 2025 5:51 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताएका छन् ।

विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

सांसद कोईरालाले आइतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताए । उनले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताए ।

उनले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी,कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताए ।

उनले कार्यकर्ताहरूलाई सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिँदै त्यसको लागि आफूले शाहस दिने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !