२९ बैशाख २०८२, सोमबार

भारतको मध्यप्रदेशमा बस इनारमा खस्दा १२ जनाको मृत्यु

प्रकाशित मिति :  29 April, 2025 10:10 am


काठमाडौं । भारतको मध्य राज्य मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । मन्दिर जाँदै गरेका तिर्थयात्रीहरु चढेको बस दुर्घटनामा परेको भारीय संचारमाध्यामले जनाएका छन् ।

गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको भारतीय प्रहरीले जनाएको छ । बाइक चालकको घटनास्थलमै मृत्यु भएको छ भने गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपैयाँ ९लगभग २,३४३ अमेरिकी डलर० आर्थिक क्षतिपूर्ति घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !