राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
प्रकाशित मिति : 29 April, 2025 12:48 pm

काठमाडाैँ । रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभएपनि राज्यले उनीहरूमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताएका हुन् । उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे ।
नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पुर्याए भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उनको आग्रह छ ।
आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ? भन्दै उनले प्रश्न गरे ।