१९ बैशाख २०८२, शुक्रबार

शिक्षकका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचो छः सांसद गैरे

प्रकाशित मिति :  29 April, 2025 12:51 pm


काठमाडाैँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शिक्षकहरूका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचो रहेको बताएका छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताएका हुन् ।

उनले शिक्षासम्बन्धी संसदीय समितिको सभापति समेतगरी प्रतिपक्षी दलले लामो समयसम्म शिक्षा मन्त्रालयको नेतृत्व गरेको भएपनि शिक्षा ऐन टुंग्याउन नसकेको आरोप लगाए। सडकमा सुरक्षाकर्मी र शिक्षकहरूको बिचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर मात्र समस्याको हल निकाल्न नसकिने बताए ।

शिक्षकहरूका जायज मागहरू पूरा गर्दै प्रभावित भइरहेको नियमित शैक्षिक गतिविधिहरूलाई सुचारु गर्न सकारात्मक सहयागे आजको आवश्यकता भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !