३० बैशाख २०८२, मंगलबार

सांसद तिमल्सिनाको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

प्रकाशित मिति :  29 April, 2025 1:30 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गरेका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षकका मागहरू धेरैले उठाइसकेको भन्दै शिक्षकहरुका माग सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरेका हुन् ।

उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुनेमा शिक्षकहरूको माग रहेको भन्दै संविधान संशोधन गरेर शिक्षकका मागहरु पूरा गर्न तयार हुनुपर्ने बताए । उनले शिक्षकका मागहरू पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे ।

सरकारमा अहिलेको विपक्षी दलहरु पनि रहिसकेकाले गोहीका आँशु निकाल्नुको फाइदा नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !