५ आश्विन २०८१, शनिबार

अन्तर्वार्ता प्रकरणपछि रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्धारा पदबाट राजीनामा

प्रकाशित मिति :  10 June, 2020 7:55 am


काठमाडौं, २८ जेठ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ता प्रशारण भएको विषयलाई लिएर सरकारले स्पष्टिकरण सोधेपछि रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई हिजो राजीनामा पेश गरेका हुन् ।

कार्यकारी निर्देशक कार्कीले आफ्नो राजीनामा पत्रमा स्वेच्छाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।  २०६९ मंसिरदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए ।

बैशाख १५ गते बिहान साढे ६ बजेको अन्तरसंवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईको अन्तर्वार्ता प्रशारण गरि जातीय द्वेष, घृणा उब्जाएको, सत्ता कब्जाम पंगु, निरंकुशशासक र भष्मासुर जस्ता भ्रमपूर्ण र लान्छनायुक्त शब्द सरकारका विरुद्ध प्रयोग भएको कुराकानी प्रत्यक्ष प्रशारण भएको भन्दै सञ्चार तथा प्रविधि मन्त्रालयले तीन दिन भित्र स्पष्टिकरण दिन निर्देशन दिएको थियो ।

समाचार प्रमुख नवराज लम्साललाई दिएको अन्तर्वार्तामा आफ्नो पार्टी फुटाउने प्रयास भएको भन्दै पूर्व प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए। उक्त अन्तर्वार्ता रेडियो नेपालले आफ्नो अनलाइनबाट हटाएको थियो । प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले ‘भस्मासुर नामको प्रवृत्तिलाई अन्त्य गरौँ’भनेका थिए।

तर कार्कीलाई सरकारले हटाउने तयारी गरेपछि कार्यकाल सकिन ७ दिन अघि नै उनले पहिले नै राजिनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !