५ आश्विन २०८१, शनिबार

सांसद कमला रोकाको पहलमा ज्यालामजदूरी गर्ने ७१ घरपरिवारलाई राहत वितरण

प्रकाशित मिति :  10 June, 2020 7:40 pm


काठमाडौं, २८ जेठ ।

सांसद कमला रोकाको पहलमा काठमाडौंको कीर्तिपुर मच्छेगाँउ र चन्द्रागिरीको मातातिर्थमा रुकुमबाट आए । ज्यालामजदूरी गर्ने ७१ घरपरिवारलाई राहत वितरण गरेकी छन् ।

रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य कमला रोकाको पहलमा
चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले ३० बोरा चामल राहत उपलब्ध गराएका थिए ।

यस्तै, अमेरिकामा रहेका अभय श्रेष्ठले समेत ७ बोरा चामल उपलब्ध गराएको सांसद रोकाले जानकारी दिईन् । कारोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण संकटमा परेका परिवारलाई सांसद रोकाले विभिन्न व्यक्ति तथा निकायसँग सहकार्य गरेर राहत उपलब्ध गराउदै आएकी छन् ।  उनको यो पाँचौ चरणको राहत विरण हो ।

लकडाउनको समय लम्बिदै जाँदा अब साँच्चिकै राहतको जरुरी पर्ने र आफ्नो जन्मभूमीका जनतालाई यसरी सकेको सहयोग गर्न पाउँदा खुशी लागेको महाप्रबन्धक शाहले बताए । उनी राहत वितरण केन्द्रमै पुगेर मजदूरसँग भलाकुसारी समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !