६ कार्तिक २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा २ सय ५० जना कोरोना संक्रमित थपिए,कूल संक्रमित ४६१४

प्रकाशित मिति :  11 June, 2020 4:38 pm


काठमाडौं, २९ जेठ । 

पछिल्लो २४ घण्टामा २ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कूल २ सय ५० जना कोरोना संक्रमित थपिएको जानकारी दिए । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

संक्रमितमध्य सुनसरीमा ३ जना, रौतहटका ४२ जना, बाराका ७ जना, धादिङका ७ जना, सर्लाहीका ४ जना, सप्तरीको ९ जना, रौतहतका १५ जना, महोत्तरीका ४ जना रहेका छन् । त्यस्तै झापाका ३ जना, दाङका ८ जना, रोल्पाका १४ जना, बाँकेको १३ जना, दैलेखको ४८ जना, सुर्खेतको ७ जना, कपिलवस्तुको १ जना, प्यूठानको ४ जना, रुपन्देहीका २९ जना, कैलालीका ७ जनामा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै बाजुरकाका १८ जना, बझाङका २ जना, नवलपरासी पश्चिमका ६ जना, कपिलवस्तुको १ जनामा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमको भनाई छ । देशभर क्वारेन्टाइनमा क्वारेन्टाईनमा १ लाख ६२ हजार १३ जना रहेका छन् । आजसम्म कोरोना निको भएर फर्कनेको संख्या ८ सय ६१ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !