५ आश्विन २०८१, शनिबार

सैनिक अस्पताल छाउनीभित्र ड्युटीमा रहेका सैनिक गोली लागेको अवस्थामा मृत भेटिए

प्रकाशित मिति :  12 June, 2020 8:23 am


काठमाडौं,३० जेठ ।

स्वयम्भू वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सैनिक गोली लागेको अवस्थामा मृत भेटिएका छन्।

ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत भेटिएका स्वयम्भू प्रहरीले जनाएको छ। उनको छातीमा गोली लागेको प्रहरीको भनाइ छ।

ड्युटी बसेको बेला साथमा रहेको एसएलआर चलाएर उनले आफ्नो छातिमा गोली हानेको जस्तो देखिएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डीएसपी निरञ्जन भट्टले जानकारी दिए ।

प्रारम्भिक हेर्दा आत्महत्या जस्तो देखिएपनि विस्तृत अनुसन्धानपछि मात्र सबै कुरा थाहा हुने डीएसपी भट्टको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !