५ आश्विन २०८१, शनिबार

सरकार विरुद्ध आजपनि देशका विभिन्न ठाँउमा प्रर्दशन

प्रकाशित मिति :  12 June, 2020 2:13 pm


काठमाडौं,३० जेठ ।

सरकार विरुद्ध आजपनि देशका विभिन्न ठाँउमा प्रर्दशन भएका छन् ।  बुटवल,दाङ, काभ्रेको धुलीखेल,भक्तपुरको सल्लाघारी लगायतका ठाँउमा प्रर्दशनकारीहरुले विभिन्न प्लेकार्ड लिएर प्रर्दशन गरेका छन् ।

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको आक्रोश तथा एमसीसी खारेजको मागसहितका ठूलो समूहले नारा लगाउँदै प्रर्दशन गरेका छन् ।

भक्तपुरमा भएको प्रर्दशन

हिजो काठमाण्डौं र पोखरामा प्रर्दशन भएपछि यो देशभर फैलिएको छ । गृह मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै देशभरका प्रर्दशन नियन्त्रण गर्न निर्देशन दिदै प्रर्दशनकारीलाई कारवाही गर्ने चेतावनी दिएको थियो । तर चेतावनीलाई वेवास्था गर्दै आज झन प्रर्दशन देशका विभिन्न भागमा फैलिएको छ ।

धुलीखेलमा भएको प्रर्दशन

लकडाउनका बीच प्रदेश नम्बर—५ को अस्थायी राजधानी बुटवलमा युवाहरुले सरकारविरोधी प्रदर्शन गरेका छन् । मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुल सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरेका छन् ।

बुटवलमा भएको प्रर्दशन

प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको १० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।

दाङको घोराहीमा पनि प्रर्दशन भएको छ । प्रर्दशनमा सरकारले कोरोना व्यवस्थापनमा कमजोरी गरेको भन्दै विरोध गरेका छन् ।

दाङको घोराहीमा भएको प्रर्दशन । फोटोःरोदन महराको फेसबुकबाट

 



प्रतिक्रिया दिनुहोस !