६ कार्तिक २०८१, मंगलबार

कोरोना संक्रमित थप एक जनाको मृत्यु,मृतकको संख्या १६ पुग्यो

प्रकाशित मिति :  12 June, 2020 4:45 pm


काठमाडौं,३० जेठ ।

कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित अर्घाखाँची जिल्लाको मालारानी -४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले स्वासप्रश्वास समस्या भएर लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरेर फर्कदा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

उनको उपचारपछि फर्कने क्रममा बाटैमा मृत्यु भएको थियो । १२ दिन अगाडी भारतको महाराष्ट्रबाट आएर ती पुरुष क्वारेन्टाइनमा बसेका   थिए ।



प्रतिक्रिया दिनुहोस !