६ कार्तिक २०८१, मंगलबार

कोरोना व्यवस्थापनका लागि घोराही उप महानगरपालिकाद्धारा ८३ लाख रुपैयाँ खर्च

प्रकाशित मिति :  13 June, 2020 8:53 am


दाङ,३१ जेठ ।

घोराही उप महानगरपालिकाले कोरोना व्यवस्थापनका लागि ८३ लाख रुपैयाँ बराबर खर्च गरेको जानकारी गराएको छ ।

क्वारेन्टाईन व्यवस्थापन, कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरीद र सीमामा अलपत्र नागरिकलाई घोराहीसम्म ल्याउनका लागि ८३ लाख ४८ हजार ७०५ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।

कोरोना राहत कोषमा उप महानगरपालिकासँगै कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायतको ६६ लाख पाँच हजार ९११ जम्मा भएको थियो । बन्दाबन्दीका समयमा आर्थिक रुपमा विपन्न पाँच हजार ५४८ परिवारलाई गत वैशाख १५ गतेसम्म १८ लाख १७ हजार मूल्यको खाद्य सामग्री सहयोग गरिएको उप महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख उमेश शर्माले जानकारी दिए ।

उप महानगरपालिकाले क्वारेन्टाईन व्यवस्थापनमा २७ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको छ । विदेशबाट आउने नागरिकसँगै देशभित्रका विभिन्न स्थानबाट आउनेलाई राख्नका लागि १९ वटा वडाका ८५ स्थानमा क्वारेन्टाईन निर्माणका लागि २७ लाख ६ हजार ४१२ रुपैयाँ खर्च गरिएको छ ।

८५ स्थानमा ३ हजार ४१६ शय्या क्षमता रहेको क्वारेन्टाईन निर्माण, आवश्यक फर्निचर र कपडालगायत सामग्री खरदमा उक्त रकम खर्च भएको उपमहानगरपालिका, आन्तरिक व्यवस्थापन शाखाका प्रमुख बाबुराम पन्थीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !