५ आश्विन २०८१, शनिबार

सरकार विराधी प्रदर्शनः सामाजिक सञ्जालमा प्रदर्शनकारीमाथि गालीकाे वर्षा, पाँच विदेशी पक्राउ

प्रकाशित मिति :  13 June, 2020 11:35 am


काठमाडाैं, ३१ जेठ । 

संसदमा संविधान संशाेधनमाथि मतदान हुने कार्यतालिका रहेकै दिन पनि प्रदर्शन राेकिएकाे छैन । विभिन्न मिडियाले गरिरहेका फेसबुक लाइभकाे कमेन्टमा भने गालीकाे वर्षा देखिन थालेकाे छ ।

बालुवाटार केन्द्रीत युवाहरूकाे प्रदर्शन आज भने माइतिघर मण्डलामा देखिएकाे हाे । ठूलाे मात्रामा प्रहरी र पत्रकारसमेतकाे उपस्थिति देखिने प्रदर्शनी स्थलमा सरकार बिराेधी नाराहरू लेखेका प्लेकार्ड बाेकेका युवाहरू देखिन्छन् ।

नयाँ नक्सालाइ संवैधानिक मान्यता दिन संविधान संशाेधनमाथि मतदानकाे समय तालिका रहेकाले कम्तिमा सनिबार विराेधका कार्यक्रम गर्न सुक्रबारदेखि नै सामाजिक संजालहरूमा हजाराैंल आव्हान गरेका थिए । आव्हान  विपरित गरिएकाे प्रदर्शनी भएकाले पनि बिराेध गरिएकाे देखिन्छ ।

प्रदर्शनकाे नेपाललाइभ. डट.कम , नेपाल समाचारपत्र, देशसञ्चार लगायतका मिडियाले लाइभ रहेका छन् भने विभिन्न फेसबुक ग्रुप तथा पेजहरूबाट पनि लाइभ भिडियाे आईरहेका छन् ।

प्रदर्शनी काठमाडाैंका अन्य स्थानमा पनि देखिएकाे बताइन्छ । पत्रकार उज्जल आचार्यले ट्वीटरमा लेखेका छन्, ‘कौशलटारमा बिहानै युवाहरू जम्मा भए, राष्ट्रिय गीत गाए र प्रधानमन्त्री केपी ओलीको घर रहेको बालकोटतिर लहर लागेर हिँडे।’ 

प्रदर्शनीमा विदेशी नागरिक पनि

प्रहरीले पाँचजना विदेशी नागरिकलाई माइतीघर मण्डला क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । विदेशी नागरिक प्लेकार्ड सहित प्रदशनीमा सहभागी थिए ।

सम्बन्धित समाचार

सरकार विराधी प्रदर्शनः सामाजिक सञ्जालमा प्रदर्शनकारीमाथि गालीकाे वर्षा, पाँच विदेशी पक्राउ



प्रतिक्रिया दिनुहोस !