४ आश्विन २०८१, शुक्रबार

संविधान संसोधन विधेयकमाथि दफावार छलफल (प्रत्यक्ष प्रशारण)

प्रकाशित मिति :  13 June, 2020 1:39 pm


काठमाडौं,३१ जेठ ।

प्रतिनिधि सभा बैठकमा संविधान संसोधन विधेयकमाथी दफावार छलफल सुरु भएको छ । कानून,न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेको प्रस्ताव प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्दै नेपालको संविधान(दोस्रो संसोधन) विधेयकमाथी सुरुमा दफावार छलफल सुरु भएको हो । छलफल सकिएपछि विधेयक पारित हुने छ ।

सरकारले जारी गरेको नयाँ नक्शा अनुसारको निशान छाप संसोधन विधेयक आज पारित गर्न लागिएको हो ।

नेपालको संविधान-२०७२ को अनुसूची ३ मा रहेको निशान छापमा लिम्पियधुरा,कालापानी,लिपुलेकको भूभागसहितको नक्शा छैन । सरकारले यि भूभागलाई समेटेर नक्शा जारी गरेपछि त्यसै अनुसार निशान छाप परिवर्तन गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !