५ आश्विन २०८१, शनिबार

मृत्युपछि २ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  13 June, 2020 4:39 pm


काठमाडौं,३१ जेठ । 

मृत्युपछि २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका घण्टाघर नजिकै मृत भेटिएका २५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज जानकारी दिए ।

ती व्यक्तिको जेठ २८ गते वेवारिसे अवस्थामा लास भेटिएको थियो । क्वरोना परीक्षण गर्दा जेठ ३० गते कारोना पुष्टि भएको थियो । त्यस्तै बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ६ मा निधन भएका पाँच वर्षीय बालकको पनि कारोना संक्रमणको पुष्टि भएको छ ।

ज्वरो तथा श्वास प्रश्वास समस्या आएपछि उपचारका क्रममा ति बालकको निधन भएका थियो । बालकको निधन भएपछि आएको स्वाब परीक्षणको नतिजा पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिए । यो संगै देश भर कोरोना संक्रमित मृतकको संख्या १८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !