११ मंसिर २०८१, मंगलबार

संविधान संसोधन विधेयकका लागि मत विभाजन सुरु

प्रकाशित मिति :  13 June, 2020 5:11 pm


काठमाडौं,३१ जेठ ।  प्रतिनिधि सभामा सभामा पेश भएको संविधान संसोधन विधेयकको पक्ष विपक्षमा मत विभाजन सुरु भएको छ ।

विधेयकमाथी दफाबार छलफलपछि मत विभाजन सुरु भएको हो । आज संविधान संसोधन विधेयक पारित हुँदै छ । सरकारले जारी गरेको नयाँ नक्शा अनुसारको निशान छाप संसोधनका विधेयक पारित गर्न लागिएको हो ।

संविधान संसोधनका लागि दुईतिहाई मत चाहिन्छ । सबै दलले संविधान संसोधनको पक्षमा मत दिने निर्णय गरिसकेका छन् ।

नेपालको संविधान-२०७२ मा लिम्पियधुरा,कालापानी,लिपुलेकको भूभागसहितको नक्सा छैन । सरकारले यि भूभागलाई समेटेर नक्शा जारी गरेपछि त्यसै अनुसार निशान छाप परिवर्तन गर्न लागिएको हो ।

प्रतितिनिध सभाले संविधान दोस्रो संसोधन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने छ । विधेयक दुबै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लिम्पियाधुरा,कालापानी,लिपुलेकसहितको भूभाग रहेको निशान छाप औपचारिक रुपमा प्रयोगमा आउने छ ।



प्रतिक्रिया दिनुहोस !