९ मंसिर २०८१, आइतबार

सुर्खेतमा काेराेना राेकथामका लागि आयुर्वेदिक औषधि वितरण शुरु

प्रकाशित मिति :  14 June, 2020 2:29 pm


सुर्खेत, जेठ ३२ । 

प्रदेश आयुर्वेद औषधालयले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पुर्यारउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा पुगेर औषधालयले क्वारेन्टिन र आइसोलेसनमा रहेका नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढ्ने खालका विभिन्न औषधि वितरण गरेको हो ।

औषधालयले हालसम्म क्वारेन्टिन र आइसोलेसनमा रहेका ५०० जनालाई स्थानीय जनप्रतिनिधिमार्फत ती औषधि प्रदान गरेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिका साथै तनाव व्यवस्थापनलाई समेत जोड दिएको छ ।

औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले आयुर्वेद चिकित्सामार्फत रोग प्रतिरोधात्मक क्षमता बढाउन स्थानीयस्तरमा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई परिचालन गरिएको बताए ।

‘आयुर्वेदिक औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ’, उनले भने, ‘आवश्यकता आधारमा मनोचिकित्सक र योग प्रशिक्षक पनि परिचालन गर्ने तयारीमा छौँ ।’ अन्य स्थानीय तहमा पनि पुगेर औषधि वितरणका साथै तनाव व्यवस्थापनका क्रियाकलाप सञ्चालन गर्ने अध्यक्ष ढकालको भनाइ छ ।

चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि प्रयोगमा ल्याएको हो । गुर्जो, अमला, अश्वगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न प्रोत्साहन गरिएको डा रिजालले बताए । 

 

 

 



प्रतिक्रिया दिनुहोस !