५ आश्विन २०८१, शनिबार

विद्यालय नखुलेसम्म शूल्क नलिन र निःशूल्क इन्टरनेटको व्यवस्था गर्न नेविसंघको माग

प्रकाशित मिति :  14 June, 2020 8:59 pm


काठमाडौं,३२ जेठ ।

नेपाल विद्यार्थी संघले विद्यालय नखुलेसम्म कुनै शूल्क नलिन र अनलाईन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द गर्न माग गरेको हो ।

सिकाइका लागि अनलाईन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यामबाट आगामी शैक्षिक शत्रको पठनपाठन सुरु गर्न र इन्टरनेट लगायतका सबै प्रविधिकको निःशूल्क व्यवस्था गर्न नेविसंघले माग गरेको हो ।

नेविसंघले पुस्तक आयातको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्यालका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने माग पनि अघि सारेको छ ।

यस्तै सरकारी विद्यालयहरुमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा निजी विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए ।

नेविसंघले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्याङकनका अधारमा गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसंघले उठाएक कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयहरुमा छलफल गरी आवश्यक टुंगोमा पुग्ने बताए ।



प्रतिक्रिया दिनुहोस !