४ आश्विन २०८१, शुक्रबार

प्रदेश-५ को बजेट आज

प्रकाशित मिति :  15 June, 2020 7:24 am


रुपन्देही,१ असार ।

प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७७/७८ को बजेट आज ल्याउँदैछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सभामा बजेट पेश गर्ने छन् । दिउँसो ३ बजे मुख्य मन्त्री पोख्रेलले प्रदेश सभामा बजेट पेश गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

कोरोनाका कारण प्रदेश ५ को बजेट आकार समेत केही घट्ने मन्त्रालय स्रोतको भनाई छ । प्रदेश योजना आयोगले अघिल्लो वर्षभन्दा बजेट सीमा घटाएर प्रस्ताव पठाएको थियो । बजेट कोरोना नियन्त्रण तथा रोकथाम, कृषि,पयर्टन र रोजगारीमा केन्द्रित हुने छ ।



प्रतिक्रिया दिनुहोस !