१२ कार्तिक २०८१, सोमबार

पिसिआर मेशिन खरीद गर्दै चौरजहारी नगरपालिका

प्रकाशित मिति :  15 June, 2020 2:50 pm


रूकुम, १ असार । 

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाले कोभिड–१९ जाचँ गर्नका लागि चाहिने पिसिआर मेशिन खरीद गर्ने भएको छ । जिल्लामै व्यक्तिको थ्रोट स्वावमार्फत कोरोना जाँच गर्ने गरी नगरपालिकाले आरटी पिसिआर मेशिन खरीद प्रक्रिया अगाडि बढाएको छ ।
नगरपालिकाले पिसिआर मेशिन सेटअप तथा रि–एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन गरेको छ ।

तीन दिनभित्र आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिएका थिए। उनका अनुसार एक साताभित्र सामान खरीद गर्ने गरी समय सीमा तोक्ने तयारी भइरहेको छ ।रु १ करोड ३५ लाख बजेटमा सामग्री खरीद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले बताए। रासस



प्रतिक्रिया दिनुहोस !