५ आश्विन २०८१, शनिबार

क्वारेन्टाइनमै बिबाह, मास्क लगाएर सिन्दुर

प्रकाशित मिति :  16 June, 2020 11:39 am


काठमाडौं, २ गते ।

दाङमा एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन्। उनीहरूको विवाह वडाध्यक्षकाे रोहबरमा भएको हाे। घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका अन्तरजातीय ती जाेडीकाे विवाह वडाध्यक्ष भरत अर्यालले गराइदिएका हुन्।

भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरू प्रेम सम्बन्धमा रहेकाले जाेडीकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताउनु भयो।

घाेराही उपमहानगरपालिका वडा नम्बर १८ का समीर वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की सीता चाैधरीबीच क्वारेन्टाइनमै अन्तरजातीय विवाह भएकाे हाे ।

उनीहरू जेठको पहिलो सातामात्रै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । करिब २४ दिन क्वारेन्टाइनमा अलग्गै बसेका उनीहरूको रिपोर्ट विवाह गरेकाे एक दिनपछि असार १ आएको छ।

उक्त क्वारेन्टाइनमा उनीहरूसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि ती नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ।



प्रतिक्रिया दिनुहोस !