६ कार्तिक २०८१, मंगलबार

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

प्रकाशित मिति :  16 June, 2020 12:38 pm


काठमाडौं,२ असार ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ।

केही समयदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित अध्यक्ष शेर्पाको आज बिहान निधन भएको हो। बिहान आफ्नै निवासमा अध्यक्ष शेर्पाको निधन भएको गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पाले जानकारी दिईन् ।

३९ वर्षीय अध्यक्ष शेर्पालाई क्यान्सर देखिएपछि भारतमा उपचार गरिएको थियो । उनी भारतबाट फर्केर काठमाडौंस्थित ह्याम्सलगायत अस्पतालमा थप उपचार गरेर गाँउ फर्केका थिए ।

अध्यक्ष शेर्पा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमाले चुनाव जितेका थिए । शेर्पाको निधनप्रति उपप्रधान एवं रक्षामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य इश्वर पोख्रेलले दुःख व्यक्त गरेका छन् ।

समाजिक सञ्चाल फेसबुकमा भनेका छन्,‘जनतामा अत्यन्त लोकप्रिय नेता तथा पासाङ ल्हामु गाउँपालिका, लुक्लाका अध्यक्ष निम दोर्जे शेर्पाको ३९ वर्षको कलिलो उमेरमा क्यान्सरका कारण निधन भएकोमा अत्यन्तै मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवार तथा पासाङ ल्हामु गाउँपालिकावासीलाई समवेदना व्यक्त गर्दछु ।’



प्रतिक्रिया दिनुहोस !