४ आश्विन २०८१, शुक्रबार

दाङको राप्ती गाँउपालिकाद्धारा कोरना रोकथाम तथा नियन्त्रणका लागि ९६ लाख रुपैयाँ खर्च

प्रकाशित मिति :  16 June, 2020 1:08 pm


दाङ,२ असार ।

दाङको राप्ती गाँउपालिकाले कोरना रोकथाम तथा नियन्त्रणका लागि ९६ लाख रुपैयाँ खर्च गरेको छ । गाँउपालिकाले सार्वजनिक गरेको विवरण अनुसार गाँउपालिकाको रकम र आएको सहयोग समेत गरेर ९६ लाख १ हजार ८ सय ४९ रुपैयाँ खर्च भएको छ ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल र लेखा अधिकृत धनप्रसाद शर्माद्धारा हस्ताक्षतिर विज्ञप्तिमा राहत वितरणमा पहिलो र दोस्रो चरण गरेर ४२ लाख ५७ हजार ८६ रुपैयाँ खर्च भएको देखाईएको छ ।

त्यस्तै क्वारेन्टाईन,आइसोलेशन निर्माण तथा व्यवस्थापनमा १० लाख ७८ हजार १ सय ३४ खर्च भएको छ भने यात्रु ओसारपसार,ईन्धन,सवारी भाडा खर्चमा २ लाख ३६ हजार २ सय ७५, क्वारेन्टाईन, खाजा र खाना व्यवस्थापन खर्चमा १४ लाख ७६ हजार १ सय २० रुपैयाँ खर्च भएको गाँउपालिकाले जनाएको छ ।

त्यस्तै स्वास्थ्य सामाग्री खरिद तथा व्यवस्थापनमा १८ लाख ८३ हजार ७ सय ५२ र विविधमा ७९ हजार ४ सय ८ रुपैयाँ खर्च भएको छ । गाँउपालिकाले विभिन्न व्यक्ति,संघसंस्थाबाट सहयोगबापत प्राप्त भएको ५ लाख ९१ हजार ७४ रुपैयाँ बराबरको नगद तथा जिन्सी पनि खर्च भएको गाँउपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !