५ आश्विन २०८१, शनिबार

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

प्रकाशित मिति :  17 June, 2020 7:31 am


काठमाडौं,३ असार ।

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान सवा ४ बजेतिर पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो ।

पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस !