३१ भाद्र २०८१, सोमबार

दाङको बंगलाचुलीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ किमि बाटो मर्मत,१ किमि नयाँ ट्रयाक

प्रकाशित मिति :  17 June, 2020 1:30 pm


दाङ,३ असार ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बंगलाचुली गाउँपालिकामा छनौट भएको योजनाको काम सकिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा बंगलाचुली गाउँपालिका वडा नं.२ को बडिपोखरा छिप्पन उजा मन्दिर जाने मोटर बाटो निर्माणको लागि छनौट भएको योजनाको काम सकिएको छ ।

छनौट भएका श्रमिकहरुले २३ दिनमा करिब २ किलोमिटर बाटो मर्मत गरेका छन् भने १ किलोमिटर नयाँ ट्रयाक खोलेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रका लागि छनौट भएका वडा नं १ र २ का ३९ जना पुरुष र ४० जना महिला गरी जम्मा ७९ जना यस काममा सहभागि भएका थिए ।

उनीहरुले १३ लाख ९४ हजार रुपैयाँ बराबरको काम सम्पन्न गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए ।

योजना सम्पन्नपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली , उपाध्यक्ष यमुना घर्ति मगर, वडा नं २ का वडा अध्यक्ष मेघ राज राना लगायतले योजनाको अनुगमन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !