३१ भाद्र २०८१, सोमबार

कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो, एकै दिन ५८६ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  17 June, 2020 4:26 pm


काठमाडौं,३ असार ।

देशभर कोरोना संक्रमितको संख्या ७ हजार पार गरेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ८६ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको कूल संख्या ७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । पछिल्लो समय एकै दिन कोरोना संक्रमणको यति धेरै संख्यामा पुष्टि भएको यो पहिलो पटक हो ।

संक्रमित मध्य उदयपुरका ४,सिराहका १, मोरङ ९, झापाका २, धनुषाका ४, बाराका ७, रौतहटका ८८, महोत्तरीका ६ जना, कपिलवस्तुका १०, महोत्तरीका १९४, रौतहटका ३९ जना, रुपन्देहीका ७ जना,सर्लाही ६, प्यूठानका ३८ जना छन् ।

त्यस्तै अर्घाखाँचीका ३ जना, धनुषाका २२, कैलालीका १, पर्वतका ३ जना, नवलपसरासी पूर्वका १७ जनामा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै गुल्मीका २६ जना,अर्घाखाँचीका ९ जना, बाँकेका १, बर्दियाका ३१, दाङ ८ जना, सल्यानका २५, सुर्खेतका २ जना, दैलेखका २ जना, कालिकोटका १४ जना, कञ्चनपुरका ७ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित मध्य अहिलेसम्म २० जनाको निधन भएको छ भने १ हजार १ सय ६७ जना निको भएर घर फर्किएका छन् ।

मृत्यु हुनेको संख्या २०

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ-६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

मृगौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता गौतमको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !