३ आश्विन २०८१, बिहिबार

नेपाली महिला भलिबल टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घाेषणा

प्रकाशित मिति :  15 November, 2019 7:11 pm


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले नेपाली महिला भलिबल टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घाेषणा गरेकाे छ ।

परिषद्ले ऐतिहासिक उपाधि जित्ने् नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो। 

परिषद्का सदस्य सचिव रमेश सिलवालले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेकाे जानकारी दिए।

यसअघि बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।



प्रतिक्रिया दिनुहोस !