५ आश्विन २०८१, शनिबार

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुल्यो

प्रकाशित मिति :  18 June, 2020 7:50 am


काठमाडौं, ४ असार ।

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । हिजो बिहान सवा ४ बजे खसेको पहिरो पन्छाएरत राति १० बजे सडक नियमित सञ्चालन गरिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो ।

दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा बाटो खुल्न समय लागेको खनालको भनाई छ ।

पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !