३१ भाद्र २०८१, सोमबार

संघीय बजेटमा यसपटक रुकुमपूर्वका लागि परेका कार्यक्रहरु यस्ता छन्

प्रकाशित मिति :  18 June, 2020 9:33 am


काठमाडौं, ४ असार । 

संघीयताले जन्माएको जिल्ला रुकुम पूर्व संघीय सरकारले यसपटक प्राथमिकतामा राखेको देखिएको छ । नयाँ जिल्ला बनेपछि निर्माण हुँदैन गरेको नयाँ संरचनामा बजेटहरु तुलानात्मक रुपमा प्राथमिकताका साथ परेको देखिएको हो ।

यद्यपी नयाँ जिल्लामा जति हुनुपर्ने हो त्यति नभएको भन्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद कमला रोकाले प्रतिनिधि सभामै संसदमै सरकारको आलोचना गरिन् ।

सत्तारुढको संसद भएपनि उनले खुलेर सरकारको आलोचना मात्रै गरिनन् मन्त्रीहरु देशको भन्दा जिल्लाका जस्तो भएको टिप्पणी गरिन् । उनले बजेट सन्तुलित र समानुपातिक नभएको टिप्पणी गरेकी थिईन् । यद्यपी अहिले विनियोजित बजेटलाई सदुपयोग गर्न सके जिल्लाको विकासले लय समात्ने सांसद रोकाले विश्वास व्यक्ति गरेकी छन् ।

जिल्लामा सडक, सिंचाई, मोटर पुल, झोलुङ्गे पुल, कृषि, लिफ्ट सिंचाई, जनता आवास, एकीकृत शहर व्यवस्थापन, जनयुद्ध संग्राहलय तथा अन्य विभिन्न शिर्षकमा रुकुम पूर्वको विकासका निम्ति बजेट आकर्षक विनियोजन भएको छ ।

रुकुम पश्चिमको सोलाबाङ-नायगाड-जामाबगर सडकखण्ड (११ .६२७) किलोमिटर र सितलपोखरी-झुल्खेत-चुन्वाङ्ग (१८.४१७०) किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोउन्नती गर्न ४६ करोड रुपैयाँ बजेट परेको छ । त्यस्तै बालुवा—बालुवाद‍-देउखोला १०.२६ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न १३ करोड बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट बिनियोजन व्यवस्था गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा सभाहल निर्माण गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ।  जिल्लाको दादिङ, रुकुमकोट र पोखरामा लिफ्ट सिचाईको निम्ति क्रमशः १०, २० र २० लाख बजेट विनियोजन भएको छ ।

रुकुम पूर्वको चुनवाङमा प्रदेश सरकारले सञ्चालन गर्ने गरि चुन्वाङ्ग बैठक स्मृति जनयुद्ध संग्राहलयका लागि बजेट विनियोजन भएको छ । रुकुमकोट ३३ केभी प्रशारण लाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट परेको छ । गुरिल्ला ट्रेलको विकास र प्रवद्ध्रन गर्न समेत बजेट विनियोजन भएको छ ।

प्रतिनिधिसभा सदस्य कमला रोकाका अनुसार जिल्लाको सम्पूर्ण क्षेत्रलाई विकास र संवृद्धिको बाटोमा लैजान बजेट उत्साहजनक भएको उल्लेख गरिन् । यद्यपी योजना निर्माणमा ध्यान दिनुपर्ने उनको भनाई छ । विनियोजित बजेटबारे असन्तुष्टि जनाएपनि अहिले विनियोजन भएको बजेटको सहि सदुपयोग गरेर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिईन् । अहिले विभिन्न रणनितिक योजनाहरु अगाडी सारिएको भन्दै अब रुकुम पूर्वले विकासको लय समात्ने दाबी गरिन् ।

संघीय बजेटमा रुकुमपूर्वका लागि परेका कार्यक्रहरु



प्रतिक्रिया दिनुहोस !