४ आश्विन २०८१, शुक्रबार

कान्तिपुरमा श्रमजीवि पत्रकारको समस्या चर्किदै, पत्रकार महासंघले बुझायो चेतावनीसहितको पत्र

प्रकाशित मिति :  18 June, 2020 2:20 pm


काठमाडौं, ४ असार ।

कान्तिपुर मिडिया ग्रुपमा श्रमजीवि पत्रकारको समस्या चर्किदै गएपछि नेपाल पत्रकार महासंघले चेतावनीसहितको पत्र बुझाएको छ ।

नेपालकै ठूलो मिडिया हाउस मानिएको कान्तिपुर मिडिया ग्रुपले पत्रकारलाई तलब नदिने र जबरजस्ती विदामा पठाउने जस्ता कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघले एक हप्ताको अल्टिमेटमसहित व्यवस्थापन पक्षलाई आज पत्र बुझाएको हो।

महासंघले कोभिड-१९ को महामारी र लकडाउनको कठिन समयमा तलब र सेवा सुविधा कटौती गरेको, जबरजस्ती बिदामा पठाएको भन्दै एक हप्ताभित्र समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनीसहितको पत्र बुझाएको हो ।

महासंघसंग गरिएको प्रविद्धता पनि कार्यान्वयन नगरिएको महासचिव रमेश विष्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर मिडिया ग्रुपलाई बुझाईएको पत्रमा भनिएको छ,‘ महासंघको २०७७ असार २ गते बसेको केन्द्रीय समितिको बैठकले श्रमजीवी पत्रकारको हक अधिकारका लागि सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गर्ने र समस्या देखिएका सञ्चार प्रतिष्ठानहरुमा एक साताभित्र समाधान नगरिए सशक्त दबाव कार्यक्रम अघि बढाउने निर्णय गरेको जानकारी गराउँदै धमजीवी पत्रकारहरुलाई खाइपाइ आएको पारिश्रमिक उपलब्ध गराउन, निश्कासन नगर्न, बेतलवी बिदामा नराख्न र काम गर्ने उपयुक्त वातावरण निर्माण गर्न आग्रह गरिन्छ।’

श्रमजीवी पत्रकार कै काम गरे वापत सञ्चार प्रतिष्ठानबाट प्राप्त हुने पारिश्रमिकबाट दैनिक गुजारा चलाउनुका साथै कोठाभाडा, बाल बच्चाको पठनपाठनदेखि अत्य आवश्यक प्रबन्ध गर्नुपर्ने बाध्यता रहेको स्मरण समेत गराएको छ ।

महासंघले भनेको छ,‘तर कोभिड—१९ को महामारी र लकडाउनको कठिन समयमा त्यस सञ्चार प्रतिष्ठानले तलब र सेवा सुविधा कटौती गरेको, जबरजस्ती बिदामा पठाएको जानकारी प्राप्त हुन आएको छ ।’ कोरोनाको बहानामा धेरै पत्रकारलाई तलब नदिने, दिएको तलबमा पनि कटौती गर्ने, निष्काशन गर्ने जस्ता समस्या देखिएपछि महासंघले दबावमूलक कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !