४ आश्विन २०८१, शुक्रबार

मानव अधिकार तथा शान्ति समाजद्धारा चिनियाँ र भारतीय दुतावास नजिकै प्रर्दशन

प्रकाशित मिति :  18 June, 2020 3:06 pm


काठमाडौं, ४ असार ।

मानव अधिकार तथा शान्ति समाजले आज काठमाण्डौस्थित चिनियाँ र भारतीय दुतावास नजिकै प्रदर्शन गरेको छ ।

चीनियाँ र भारतीय सेनाबीच हालै सिमान्त गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु मारिएपछि युद्ध अपराध हो भन्ने स्मरण गराउँन प्रर्दशन गरिएको समाजले जनाएको छ ।

एशियाका दुई ठूला मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दुखद भएको समाजको भनाई  छ ।

यस्तो घटना दक्षिण एशिया र विश्व शान्तिकै लागि पनि खतरा भएको भन्दै चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न, वार्ताबाटै समस्याको समाधान खोज्न, आवेग होइन विवेकको प्रदर्शन गर्न, उत्तेजनालाई बढाउने होइन समझदारीलाई विस्तार गर्न र युद्धका कुनै पनि संभावनालाई खारेज गर्न आग्रहसहित प्रदर्शन गरिएको समाजको भनाई छ ।

चीनियाँ दुतावास अगाडि भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सदस्य लगायत प्रर्दशनमा सहभागि रहेका थिए ।  चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न आग्रह गर्दै यस्तै  आज विहान शान्ति समाज रुपन्देही शाखाले वुटवलमा र दाङ शाखाले तुलसीपुरमा प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !