४ आश्विन २०८१, शुक्रबार

कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टामा थपिए ६ सय ७१ जना

प्रकाशित मिति :  18 June, 2020 4:36 pm


काठमाडौं, ४ असार । 

कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ६ सय ७१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो अहिलेसम्म एकै दिन सबैभन्दा धेरै पुष्टि भएको संख्या हो ।

पछिल्लो समय हरेक दिन जसो कोरोना संक्रमितको संख्या बढेको देखिएको छ । ६ सय भन्दा माथी संक्रमित देखिएको भने यो पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न ठाँउमा ६ सय ७१ जना कोरोना संक्रमित भेटिएको जानकारी गराए ।

जिल्लागत विवरण

कोरोना संक्रमित मध्य झापाका २ जना, मोरङका १, अछामका ४२, बैतडीका २५ जना, बाजुराका ४१ जना, भक्तपुरका ३ जना, डडेल्धुरा ८४ जना, कैलालीका २१ जना, कपिलवस्तुका १६ जना, काठमाण्डौंका २ जना रहेका छन् ।

त्यस्तै नुवाकोटका २ जना, रौतहतका ३४, रुपन्देहीका १२, सर्लाहीका २, सिन्धुपाल्चोकका १, ललितपुरका १, नवलपरासीका १, महोत्तरीका १ जना, सिन्धुलीको १ जना, पर्वतका ५ जनामा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

चितवनका १, नवलपसरी पूर्वका ३१, धनुषाका २९, बागलुङका १, मनाङका १, स्याङ्जाका ९,पर्वतका ४, तनहुँका १५,गोरखाका ११, गुल्मीका ३ जनामा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमको भनाई छ । त्यस्तै कपिलवस्तुका १, पाल्पाका ६, रोल्पाका १ , नवलसरीका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार अर्घाखाँचीका ९७, बाँकेका ३ जना, बर्दियाका ३, कैलालीका १, दैलेखका १, दाङका ४ , दैलखका ८६, सुर्खेतका ३४, अछामका २, बझाङका २, कञ्चनपुरका १, कैलालीका २०, डोटीका ५ जनामा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

यो संगै देशभर संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । संक्रमित मध्य ११८६ जना निको भएर घर फकिएका छन् । संक्रमित २ जनाको ज्यान गएको पुष्टि भएको छ । अहिलेसम्म कारोना संक्रमित २२ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !