३ आश्विन २०८१, बिहिबार

सन्दीपलेे आईपीएल क्रिकेट दिल्लीबाटै खेल्ने पक्का

प्रकाशित मिति :  15 November, 2019 7:42 pm


काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको आईपीएल क्रिकट दिल्ली क्यापिटलबाटै खेल्ने भएका छन् ।

आईपीएल टिम दिल्लीले सन्दीपलाई `रिटेन´ गरेको हो। दिल्लीले शुक्रबार सार्वजनिक गरेको टिममा सन्दीपसँगै कागिसो राबाडा र केमो पल मात्र विदेशी खेलाडी छन् । बाँकी ११ जना सबै भारतीय खेलाडी छन्।

सन्दीपले सन् २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल) बाट आईपीएलमा डेब्यू गरेका थिए । उनलाई २० लाख भारुमा दिल्लीले खरिद गरेको थियो । गत वर्ष पनि सन्दीपले २० लाख भारुमै खेलेका थिए । यो आईपीएलको न्यूनतम मूल्य हो ।



प्रतिक्रिया दिनुहोस !