४ आश्विन २०८१, शुक्रबार

काठमाडौंको शहिदगेट भद्रकाली क्षेत्रमा युवाहरुको प्रर्दशन

प्रकाशित मिति :  20 June, 2020 2:14 pm


काठमाडौं, ६ असार ।

काठमाडौंको शहिदगेट भद्रकाली क्षेत्रमा युवाहरुले प्रर्दशन गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको प्रयास कमजोर रहेको र भ्रष्टाचार बढेको भन्दै विहान उनीहरुले सडकमै सुतेर प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने टिप्पणी गरेको विषयलाई उनीहरुले आलोचना र टिप्पणी गरेको प्लेकार्ड बोकेका थिए।

उनीहरुले पीसीआर परीक्षण बढाउनुपर्ने तथा स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बेला सरकार भ्रष्टाचारमा लागेको प्रर्दशनकारी युवाहरुको आरोप थियो ।

प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गरेको  भन्दै प्रर्दशनकारी युवाहरुले आलोचना गरेका थिए । पछिल्लो समय युवाहरुको समूहले ठाँउ ठाँउमा प्रर्दशन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !