देशभर ३३१ जनामा कोरोना संक्रमणको पुष्टि,कूल संक्रमित संख्या ८६०५ जना
काठमाडौं, ६ असार ।
देशभर ३ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सउय ३१ जनामा कारोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
झापामा १, सुनसरीमा २, मोरङ ८, महोत्तरीमा २४, सर्लाहीमा ३ जना,बारामा ३, बारामा १, बागलुङमा १४,बैतडीमा १८, गुल्मीमा १८, डडेल्धुरामा १२, डोटीमा ६१,कैलालीमा १, काठमाण्डौंमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै नवलपरासी पूर्वका ३२, नवलपरासीका पश्चिमा १,पाल्पाका ३३, रामेछापका ३, रौतहटका २, रुपन्देहीका १, सर्लाहीका ६ जनामा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार धादिङका ८, भक्तपुरका ७ जना, स्याङ्जाका १, रौतहका ५ , कैलालीका २, बागलुङका ६,तनहुँका २३, , बाँकेका १४, बर्दियाका ७ जना, रुकुम पश्चिका १, दाङका ४, प्यूठानका ८ जनामा पनि कोरोना संक्रममणको पुष्टि भएको छ ।
उनका अनुसार देशभर कोरोना संक्रमितको कूल संरखया ८६०५ पुगेको छ । कोरोेना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १ सय ७६ जना घर फर्किका छन् ।
कोरोना संक्रमित मध्य अहिलेसम्म १ हजार ५ सय ७८ जना निको भएका छन् भने २२ जनाको ज्यान गएको छ । ७ हजार ५ जना अझै आइसोलेशनमा उपचार गराईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।