४ आश्विन २०८१, शुक्रबार

कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

प्रकाशित मिति :  21 June, 2020 4:39 pm


काठमाडौं, ७ असार । 

कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ ।  आज थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएसंगै संक्रमित संख्या ९ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको  छ ।

आइतबार कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !