८ मंसिर २०८१, शनिबार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते

प्रकाशित मिति :  21 June, 2020 7:35 pm


काठमाडौं, ७ असार ।

कोरोनाका कारण स्थगित नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन तय भएको छ ।

आज बसेको महासंघको पदाधिकारी बैठकले साउन २५ र २६ गते निर्वाचन गर्ने निर्णय गरेको हो । गत चैत २८ र २९ गते हुने भनिएको निर्वाचन कोरोना संक्रमणको कारण भएको लकडाउनको कारण रोकिएको थियो।

रोकिएको निर्वाचन जेट ७ गते हुने भनिए पनि जेठमा समेत पुनः रोकिएर अर्को मिति तय भएको हो। महासंघको तीन वर्षे कार्यकालको लागि निर्वाचन हुन लागेको हो।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधान रहेकाले शेखर गोल्छा स्वतः अध्यक्ष हुने छन् । यो पटक वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी घोषणा भैसकको छ।



प्रतिक्रिया दिनुहोस !