५ आश्विन २०८१, शनिबार

रुडास गोल दोस्रो परियोजनाद्धारा रोल्पाको रुन्टीगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  21 June, 2020 7:49 pm


काठमाडौं, ७ असार ।

रोल्पामा ग्रामिण विकास तथा चेतना समाज नेपाल (रुडास) गोल दोस्रो परियोजनाले रुन्टीगढी गाँउपालिकालाई १ लाख १० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

परियोजनाले आज १ लाख १० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । परियोजनाले ४० लिटर सेनिटाईजर, ह्याण्डवास ६६ पिस,मास्क ७ सय पिस, पीपीई १५ सि, साबुन २ गत्तासहितका सामाग्री हस्तान्तरण गरेको गाँउपालिकाले जनाएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष बालाराम बुढाले परियोजनाले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने भन्दै धन्यवाद व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !