४ आश्विन २०८१, शुक्रबार

ठूला भनिएका मिडियामै पत्रकार समस्या चर्कदै,व्यवस्थापन पक्षले अमानवीय व्यवहार गरेको गुनासो

प्रकाशित मिति :  22 June, 2020 8:10 am


Mandatory Credit: Photo by Jose Luis Magana/AP/Shutterstock (9730395l) TV crews waiting for a news conference line up at the side of the road across the newspaper office building where multiple people were shot this afternoon inside of the newsroom, in Annapolis, Md Shootings Newspaper, Annapolis, USA – 28 Jun 2018

काठमाडौं, ८ असार ।

काठमाडौंका ठूला र मूलधारका मिडियामा श्रमजीवि पत्रकारको समस्या चर्कदै गएको छ ।

कोरोना संक्रमणको वाहनामा पत्रकारहरुलाई कामबाट निकाल्ने,तलब कटौति गर्ने, जर्वजस्ति विदा बस्न बाध्य पर्ने जस्ता समस्या देखिएपछि नेपाल पत्रकार महासंघ र महासंघका शाखाहरुले आन्दोलनका तयारी गरेका छन् ।

नेपाल पत्रकार महासंघले असार २ गते एक हप्ताभित्र पत्रकारका समस्या समाधान नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरको थियो ।

असार २ गतेको महासंघको विज्ञप्तिमा भनिएको थियो,‘बैठकले पछिलो समय विभिन्न सञ्चारगृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेकाविरुद्ध महासंघ सशक्त आन्दोलनमा जाने निर्णय गरेको छ ।’

महासंघले महासंघले एक सातासम्म सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकारविरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासंघलाई गराउन आग्रह गरेको थियो । त्यसै अनुसार सञ्चार गृहलाई महासंघले अल्टिमेटम सहितको पत्र बुझाएको छ ।

ठूला भनिएका मिडियामै समस्या

काठमाडौंका ठूला र मूलधारका भनिएका मिडियामै श्रमजीवि पत्रकारसम्बन्धि समस्या देखिएको छ । महासंघले अहिलेसम्म उजुरीका आधारमा कान्तिपुर, अन्नपूर्ण, नयाँ पत्रिका, नागरिक, माउन्टेन टिभी, हिमालय टिभी, एपी १ टिभी, राजधानी दैनिक, उज्यालो रेडियो र एभिन्युज टिभीमा अल्टिमेटम पत्र बुझाएको छ ।

ठूला मिडिया हाउसले अमानवीय व्यवहार समेत देखाएको त्यहाँ कार्यरत पत्रकारले सार्वजनिक रुपमै बोलेका छन् ।

उज्यालो रेडियो नेटवर्कका कार्यरत नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्ष्मण कार्कीले व्यवस्थापन पक्षले अमानवीय व्यवहार देखाएको समाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘ कोरोनाको नाममा जसरि पत्रकारहरु कामबाट निकालिइएका छन् वा निकाल्ने षडयन्त्रस्वरुप काममा जानै नसकिने वातावरण बनाइँदैछ त्यसविरुद्ध आवाज उठाउनु, लड्नुको विकल्प रहेन । कार्यालय र घरका तला थपिँदै जाने, गाडी फेरिँदै जाने, घरजग्गा शेयर कारोबार बढ्दै जाने तर कामदारले न्यूनतम पारिश्रमिकधरि नपाउने ?’

कार्कीले उज्यालोले चलिरहेको गाडी कार्यालयमा थन्क्याएर गाडी चलाउँदिन जसरि हुन्छ काममा आउ भन्ने तहको अमानवीयतामा झर्ने काम गरेको बताएका छन् ।

उनले भनेका छन्,‘ लिरहेको गाडी कार्यालयमा थन्क्याएर गाडी चलाउँदिन जसरि हुन्छ काममा आउ भन्ने तहको अमानवीयतामा झर्ने रु कामदारले आफ्नो रगतपसिनाको मूल्य मागेका हुन कम्पनिको कमाइको अँश होइन । काम र कामदारको अपमान नगरिदिनुहोस भनेको     हो ।’

कारोबार दैनिकमा नेपाल पत्रकार महासंघ कारोबार प्रतिष्ठान शाखाले विज्ञप्ति निकालेर तीन बर्षदेखि थाती रहेको श्रमजीवि पत्रकारका समस्या समाधान गर्न आग्रह गरेको छ । प्रतिष्ठानका सचिव विजय देवकोटाद्धारा जारी विज्ञप्तिमा  कारोबार दैनिकमा निकै अघिदेखि श्रमजीवी पत्रकार एवं कर्मचारीहरूमाथि शोषण र उत्पीडनको शिलशिला जारी रहेको उल्लेख छ ।

अधिकार माग गर्ने पत्रकार एवम् कर्मचारीहरूलाई श्रम को निर्धारित मूल्य नदिनेदेखि जिम्मेवारीविहिन बनाउदै निष्क्रिय पार्नेसम्मको काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘ पछिल्लोपटक कोभिड-१९ ले निम्त्याएको महामारी बीच विना जानकारी चैतदेखि त झन् न्यूनतम पारिश्रमिक निर्धारण आयोगले निर्धारण गरेको आधारमा हुनुपर्ने न्यूनतम पारिश्रमिक बराबर भन्दा कम हुनेगरी पत्रकाररकर्मचारीलाई यसअघि दिने गरिएको तलब पनि रोकिएको छ ।’

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघ सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थामा हार्दिह आग्रह समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !