४ आश्विन २०८१, शुक्रबार

५ सय ३५ जनामा थप कोरोना संक्रमणको पुष्टि, कूल संक्रमित ९५८१ पुग्यो

प्रकाशित मिति :  22 June, 2020 4:29 pm


काठमाडौं, ८ असार ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ५ सय ३५ थपिएको छ ।

देशका विभिन्न जिल्लामा आज ५ सय ३५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३५ जना संक्रमित थपिएको र कूल संक्रमितको संख्या ९ हजार ५ सय ८१ पुगेको जानकारी दिए ।

रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !