४ आश्विन २०८१, शुक्रबार

कृषि सामाग्री कम्पनीबाट मात्रै साढे २ लाख मेट्रिक टन मल विक्री, अभाव हुन नदिने प्रतिवद्धता

प्रकाशित मिति :  23 June, 2020 7:38 am


काठमाडौं, ९ असार ।

कृषि सामाग्री कम्पनी लिमिटेडले यो सिजनमा झण्डै साढे २ लाख मेट्रिक टन रासायनिक मल विक्री गरेको छ । विक्री गरिएको मल मध्य यूरिया १ लाख ४९ हजार ७ सय ९८, डी.ए.पी. ९१ हजार ५ सय ४२, पोटास ५ हजार ९ सय ९३ र कृषि चुन ३ सय २४ मेट्रिक टन विक्री भएको जनाएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ को विनियोजित अनुदान रकम मध्यबाट खरिद व्यवस्था भै बाँकी रहन आएको परिमाण तथा चालु आर्थिक वर्षका लागि प्राप्त हुने अनुदान रकमबाट खरिद गरिएको रासायनिक मल एवं कृषि चुना २ लाख ४७ हजार ६९ मेट्रिक टन मल विक्री गरेको जनाएको छ कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीका महाप्रबन्धक नेत्र भण्डारीले किसानको माग अनुसार मल गएको बताए । ‘मल नभएको होईन तर केही कम भएको हो । कडाउनका कारणले पनि समस्या भएको छ,’ उनले भने ।

महाप्रबन्धक पौडेलले अघिल्लो वर्षभन्दा यसपटक मलको माग पनि बढेको जानकारी गराए । उनले लुम्बिनी सञ्चारसँग भने, ‘अहिले मानिसहरु घर फर्केर खोरिया खन्न थालेका कारणले पनि मलको माग बढ्यो । मान्छे बाझो जमिन खन्न थाले जसका कारणले मल अपुग भएको हो ।’ महाप्रबन्धक भण्डारीले सकेसम्म मलको अभाव हुन नदिने बताए ।

कम्पनीको ७१ हजार ७५ मेटिक टन मल आउन बाँकी छ । लिमिटेडका अनुसार यूरिया ५० हजार १ सय २९, डीएपी, २० हजार ८ सय १५, पोटास, ८९ र कृषि चुन, ३९ मेटिक टन लकडाउनका कारण भारतमै अड्किएको छ । महाप्रबन्धक पौडेलका अनुसार ९ हजार ३८ मेटिक टन मल अझै मौज्दात छ ।

मल अभाव हुने भन्दै कृषकहरुले आवश्यकता भन्दा धेरै मल स्टक राखेकाले पनि व्यवस्थापनामा समस्या भएको कम्पनीको भनाइ छ । समयमै मल उपलब्ध गराउन संयन्त्र परिचालन गरेको कम्पनीले जनाएको छ । कोरोना भाइरसका कारण भारतबाट उत्पादन र आयातमा  ढिलाई भएको कम्पनीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !