४ आश्विन २०८१, शुक्रबार

बाँके प्रहरीको ‘मोष्ट वान्टेड’मा रहेका फरार यादव पक्राउ

प्रकाशित मिति :  23 June, 2020 12:59 pm


बाँके, ९ असार ।

बाँके प्रहरीको मोष्ट वान्टेडमा रहेका फरार व्यक्ति पक्राउ परेका छन् ।

विगतमा सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा(ज्वाला) सिंहमा आवद्ध रहेका धर्म सिंह भन्ने राजेश यादव पक्राउ परेका हुन् । उनीमाथी मोर्चामा रहँदा बाँके जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग,बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन भन्दा बढी अपराधमा संलग्न रहेको आरोप छ ।

उनी बाँकेको साविक वनकट्टी गाविस वडा नम्बर ५ का हुन् । यादव असार ८ गते भारतबाट घरमा आएको भन्ने सूचना आधारमा खटिएको टोलीले आज विहान ३ बजेतिर पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

बाँके डुडुवा गाँउपालिका वडा नम्बर ५ मा तरवार थान १, चक्कु थान १ सहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !