५ आश्विन २०८१, शनिबार

बाँकेमा कार दुर्घटना हुँदा  २ जनाको मृत्यु

प्रकाशित मिति :  23 June, 2020 5:52 pm


बाँके, ९ असार ।

बाँकेमा कार दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं. १ सिक्टाको जंगल स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको कार दुर्घटना हुँदा नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २२ वर्षीय क्षितिज राज कुँवर र चितवनको भरतपुर महानगरपालिकाका ४१ वर्षीय कमल राज लम्सालको मृत्यु भएको हो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

लम्सालले चलाएको बा १४ च २७८९ नं.को कार आफै अनियन्त्रित भई बाटोको छेउको रुखमा ठोक्किन पुगको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !