११ मंसिर २०८१, मंगलबार

राष्ट्रपतिले रात्री भोजसहित शिर्ष नेतासँग छलफल गर्दै

प्रकाशित मिति :  24 June, 2020 12:59 pm


काठमाडौं, १० असार । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा छलफलका लागि बालाएकी छन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाईएको जानकारी दिए ।

छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।

‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’, अधिकारीले भने, ‘सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’ नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रीभोजको व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !