४ आश्विन २०८१, शुक्रबार

बाँकेका ११ र बर्दियामा १ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  24 June, 2020 1:53 pm


बाँके, १० असार ।

बाँके र बर्दियामा १२ जना नयाँ संक्रमित थपिएका छन् ।

बाँकेको भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ११ जना र बर्दियाका १ जनामा आज कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेको बैजनाथ वडा नम्बर ६ मा ७ जना, वडा नम्बर २ मा २ जना र कोहलपुर नगरपालिका वडा नम्बर २ मा २ जना संक्रमित भेटिएका छन् । त्यस्तै बार्दियाको ठाकुरबाबा—२ मा १ जना संक्रमित भेटिएका अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !