८ मंसिर २०८१, शनिबार

कोरोना संक्रमित संख्या बढ्दै, पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  24 June, 2020 4:29 pm


काठमाडौं, १० असार ।

कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएका हुन् । यो संगै देशभर कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

संक्रमित हुनेमा झापामा ११, सुनसरी १, मोरङमा १, सप्तरीमा ६, धनुषामा २०, महोत्तरीमा १२, सर्लाहीमा १, अछाममा १०, बैतडीमा ४, बाजुरामा ७, डोटीमा ४८ जना रहेका छन् ।

त्यस्तै कैलालीमा १५१,कञ्चनपुरमा ८५, पर्वतमा २, रौतहटमा ४४, सर्लाहीमा २०, धादिङमा २, काठमाडौंमा १, चितवनमा १, तनहुँमा १, नवलपरासी पूर्वमा ५, पाल्पामा १४, भक्तपुरमा १, अछामका १३, गोरखामा ३, कास्कीमा ४, बागलुङमा ९, कास्कीमा ५, लमजुङमा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पर्वतमा १, स्याङ्जामा ७, गुल्मीमा ५, कपिलवस्तुमा १, पाल्पाका १, रुपन्देहीमा १, बाँकेमा ९, बर्दियामा १, दाङमा ७६ जना, प्यूठानमा १०,  जाजरकोटमा १, सुर्खेतमा १४, दैलेखमा ४, कालिकोटमा १, बाजुरामा १, कञ्चनपुरमा १ जनामा पनि कारोना संक्रमणको पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा संक्रमित देखिएका मध्य महिला १ सय १० महिला र ५ सय १९ जना पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार ६ हजार ८ सय २८ को पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार अहिलेपनि क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् भने आइसोलेशनमा ८ हजार ३ सय ६६ जनाको उपचार भईरहेको छ ।

संक्रमित मध्य अहिलेसम्म २ हजार ३ सय ४८ जना संक्रमित निको भएर घर फर्किएका छन् भने २४ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !